Listen LIVE

काठमाडौं । काठमाडौँको गौशालास्थित राममन्दिर नजिकै जंगलमा एकजना छात्रा मृत फेला परेकी छन् । तिनकुनेस्थित पेन्टागन कलेजमा १२ कक्षामा अध्ययनरत मनिषा मिजर मृत अवस्थामा भेटिएकी हुन् ।

Advertisement 1

 

उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले नेपालगञ्ज खबर लाई बताए । शखरापुर नगरपालिका–५ घर भएर परिवारसँग शान्तिनतगर बस्ने २० वर्षीया मिजारको शवसँगै फेला परेको ‘ओस्ताज’ नामक विषादीको बट्टा प्रहरीले बरामद गरेको छ ।

Advertisement 2

 

आइतबार उनी हराएको भन्दै परिवारले प्रहरी वृत बानेश्वरमा निवेदन दिएका थिए । घटनास्थलमा ‘सुसाइड नोट’ पनि भेटिएको छ ।

Advertisement 3

 

सुसाइड नोटमा उनले लेखेकी छन्, ‘बाँच्न मन छैन, सवैतिर म असफल भएँ ।’ एक पेज लामो नोटमा थप लेखिएको छ, ‘कसैले जीवित देखे बचाउन तिर नलाग्नुस्, मलाई मर्न दिनुस् ‘ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!