Listen LIVE

नेपालगञ्ज । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत विधिपूर्वक समापन गरिँदैछ। पौष शुक्ल पूर्णिमादेखि सुरु भएको यस व्रत वैदिक सनातन हिन्दू धर्मावलम्बीले देशभर श्रद्धापूर्वक सम्पन्न गर्दै आएका छन्।

Advertisement 1

 

व्रत अवधिभर भक्तजनले नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गर्दै स्कन्द पुराणअन्तर्गतको केदारखण्डको माघ माहात्म्य अर्थात् स्वस्थानी कथा श्रवण गरेका थिए। आज कथा वाचन र श्रवण पनि अन्त्य गरिँदैछ।

Advertisement 2

 

व्रत समापनका दिन १०८ जनै, सुपारी, पान, फूल, रोटी, अक्षता, फलफूल, धुप, बत्ती, नैवेद्य लगायत सामग्री चढाई देवी स्वस्थानीलाई अघ्र्य दिइन्छ। चढाइएका प्रसादमध्ये आठ–आठ अंश पति, छोरा वा मित छोरालाई दिइने र त्यो सम्भव नभए पवित्र नदीमा विसर्जन गर्ने परम्परा छ।

Advertisement 3

 

राति जाग्राम बसी देवीको माहात्म्य सुन्ने–सुनाउने गरिन्छ। यसो गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ। स्वस्थानी व्रतले रोगव्याध निवारण हुने, बिछोडमा परेका जोडी पुनर्मिलन हुने तथा इच्छित वर प्राप्त हुने विश्वास पनि प्रचलित छ।

 

इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’का अनुसार गोमा ब्राह्मणी, पार्वती र नागनागिनीका कथाले स्वस्थानी व्रतको धार्मिक र ऐतिहासिक महत्व झल्काउँछन्।

 

नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका धर्मशास्त्र विभाग प्रमुख प्रा. डा. देवमणि भट्टराईका अनुसार आज मध्याह्नपछि पूजा गरी राति जाग्राम बसेर भोलिपल्ट फूलपाती नदीमा सेलाएपछि यस वर्षको स्वस्थानी व्रत विधिवत् समापन हुन्छ।

 

यसैदिन उपत्यकाको शालिनदीमा एक महिना लामो माधवनारायण व्रत पनि अश्वमेध यज्ञसहित समापन हुँदैछ। नेवार समुदायले आजको दिनलाई ‘सि पुन्हि’ का रूपमा मनाउने परम्परा छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!