Listen LIVE

बुटवल । भारतको जम्मू-कश्मिरमा आतंकवादी हमलामा मारिएकामध्ये एक नेपाली बुटवल-१४ बेलबरियाका सुदीप न्यौपाने भएको खुलेको छ । उनी ४ दिनअघि शनिबारमात्र आमा, बहिनी र ज्वाइँलाई लिएर घुम्न गएको पारिवारिक स्रोतले बतायो ।

आतंकवादी आक्रमणबाट उनको मृत्यु भएको पुष्टि भएको उनका काका बुटवल १४ का वडाध्यक्ष दधिराम न्यौपानेले बताए । सुदीप परिवारका एक्ला छोरा हुन् । उनी धरानमा पब्लिक हेल्थ पढ्दै थिए ।

Advertisement 1

जम्मू कश्मीरको पहलगाममा आतंकवादी हमला, एक भारतीय पर्यटकको मृत्यु, पाँच घाइते

जम्मू-कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलामा एक नेपाली युवकको मृत्यु

Advertisement 2

गत शनिबार आमा रिमा पाण्डे, बहिनी सुष्मा र ज्वाइँ उज्ज्वल काफ्लेसहित कश्मिर गएका सुदीपमाथि बन्दूकधारीहरूले अचानक आक्रमण गरेको वडाअध्यक्ष न्यौपानेले बताए ।

सुदीपका बुवा बुटवल-१४ बेलबरियामा विक्षिप्त अवस्थामा छन् । सुदीपको शव बुधबार नेपाल ल्याउने तयारी गरिएको काका दधिरामले बताए ।

Advertisement 3

‘शवलाई कश्मिरबाट दिल्ली र दिल्लीबाट काठमाडौं ल्याउने तयारी गरिएको छ, अहिले म काठमाडौं पुगिसकेको छु १२ बजे कश्मिरबाट उड्ने समय छ,’ उनले सुनाए ।

जम्मू-कश्मिरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि भएको आक्रमणमा उनी परेका हुन् । वडा अध्यक्ष न्यौपानेका अनुसार बन्दूकधारीहरूको उक्त समूहले बाटोमा हिँड्दै गरेका सुदीपलाई ‘नाम र धर्म के हो’ भन्दै सोधेपछि एकाएक गोली हानेको थियो । साथमा रहेका आमा, बहिनी र ज्वाइँ सकुसल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!