सन्देश भुसाल दाङ, ५ वैशाख । दाङको देउखुरीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । १० जनाभन्दा बढी यात्रु घाइते भएका छन । कृष्णनगरबाट तुलसीपुरका लागि छुटेको बा ३ ख ७९९६ नम्बरको बस राप्ती–५ लठह्वामा दुर्घटनामा पर्दा राजपुर गाउँपालिका–५ निवासी ५६ वर्षीय निलसरोज यादव र नाम ठेगाना नखुलेकी एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाइतेहरूको सिसहनियाँ र लमहीमा उपचार भइरहेको छ । तीव्र गतिमा रहेको बस अनियन्त्रित भई दुर्घटनामा परेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । Post navigation सञ्चारमन्त्री गुरुङ भछन, “दर्ता नगर्ने भए फेसबुक सहितका सञ्जालमा प्रतिबन्ध लाग्छ” बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु