Listen LIVE

१६ पुष, बाँके । फोटोन नेपालले नेपालगञ्जमा आफ्नो परिवर्तनकारी माउन्टेन ईभी भ्यानको अनावरण गरेको छ । नेपालका लागि फोटोनको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि र फोटोनको लागि बाँके बर्दियाको आधिकारिक डिलर वेस्टर्न अटो सेन्टरले सिद्धार्थ कटेजमा एक कार्यक्रमका बीच उक्त भ्यान सार्वजनिक गरेको हो ।

Advertisement 1

 

विशेष गरी नेपालको चुनौतिपूर्ण भूभागको सामना गर्न डिजाइन गरिएको यस माउन्टेन ईभी भ्यानमा ५३.५८ kWh ब्याट्री रहेको छ जसले ३०० किमी (NDEC) सम्मको दायरा प्रदान गर्दछ । १३० kWh को चरम शक्ति र ३३० Nm को अधिकतम टर्क भएको यो ईभी भिरालो बाटाहरुमा पनि सजिलैसँग यात्रा गर्नेगरी बनाइएको छ । उकालोमा ब्रेक लाग्दा अटो होल्ड हुने, स्मार्ट पार्किङ, हिल होल्ड कन्टोल लगायतका विषेशताहरू रहेका छन् । यस्तै, सो गाडी दुईवटा मोडमा चलाउन सकिन्छ । ईको र पावर मोडमा सो गाडी चलाउन सकिन्छ । उक्त गाडीको वारेन्टी ५ वर्ष वा ३ लाख किलोमिटर रहेको कम्पनीले जनाएकाे छ ।

Advertisement 2

१४ सिट भएको भ्यानको ५८ लाख ९९ हजार र १५ सिट भएको भ्यानको ५७ लाख ४९ हजार रुपैयाँ मूल्य रहेको कम्पनीले जनाएको छ । उद्घाटनको अवसरमा फोटोन नेपालले एक हप्तासम्म बुकिङ गर्नेहरूलाई नगद २ लाख छुट र ५५ इन्चको स्मार्ट टिभी उपहार दिने घोषणा पनि गरेको छ ।

Advertisement 3

 

माउन्टेन ईभी भ्यानको लंचिङ अगाडी फोटोन नेपालले सुर्खेत रोड, मिलननगर,नेपालगन्ज वडा–२० (भेरी कर्णाली पेट्रोल पम्पको अगाडि) आफ्नो नयाँ शोरुम वेस्टर्न अटो सेन्टरको पनि उद्घाटन गरेको छ ।

 

एमएडब्लु वृद्धी ग्रुपका प्रमुख कार्यकारी अधिकृत तुषार गुप्ता, वेस्टर्न अटो सेन्टरका प्रबन्ध निर्देशक विवेक कुमार श्रेष्ठ र नेपालगन्ज उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले संयुक्त रूपमा शोरुमको उद्घाटन गरेका थिए । कार्यक्रममा ग्राहकको सुविधा र सहायता अझ बढाउनका लागि संचालित फोटोन सर्भिस सेन्टरको पनि उद्घाटन गरिएको थियो । दुवै कार्यक्रमको सञ्चालन समिर मान श्रेष्ठले गरेका थिए ।

 

माउन्टेन ईभी भ्यान नेपालगन्ज जस्ता शहरहरूमा स्कूल यातायात, सरकारी फ्लीट र कर्मचारी शटलहरू सहित विभिन्न कार्यहरूमा प्रयोगहरूको लागि उपयुक्त छ । १४-१६ सिटको कन्फिगरेसन, फराकिलो भित्री भाग र विलासी डिजाइनको साथमा यसले दैनिक र लामो यात्रा दुवैको लागि सहज र प्रभावकारी यातायात प्रदान गर्ने कम्पनीले जनाएको छ ।

 

माउन्टेन इभी भ्यान सार्वजनिक कार्यक्रममा एमएडब्लु वृद्धिका प्रमुख कार्यकारी अधिकृत तुषार गुप्ता, सेल्स हेड नवीन आचार्य, आफ्टर सर्भिस हेड जयन्त बस्नेत, मार्केटिङ हेड प्रकाश सुवेदी, म्यानेजर विशाल दाहाल, रिजनल म्यानेजर विक्रम बोहरा, बाँकेका विभिन्न यातायात व्यवसायी समितिका पदाधिकारी तथा सदस्यहरु, बैंकर्स, उद्योगी व्यवसायी तथा पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!