सन्देश भुसाल,नेपालगञ्ज ; फोटो सर्कलको आयोजनामा नेपालगन्जमा ‘सार्वजनिक जीवनमा महिला’ विषयक तीन दिने निःशुल्क फोटो प्रदर्शनी आयोजना हुने भएको छ। फोटो सर्कलका को–फाउन्डर नयनतारा गुरुङका अनुसार प्रदर्शनी भोली चैत्र ४ देखि ६ गतेसम्म रामलीला मैदानमा बिहान ८ बजेबाट बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ।

 

आयोजकका अनुसार यो प्रदर्शनीले ग्रामीण र सहरी क्षेत्रमा महिलाको इतिहासलाई अभिलेखका रूपमा पहुँचयोग्य बनाउन मद्दत गर्नेछ। फोटो सर्कलले नेपालको इतिहासमा महिलाले पुर्‍याएको योगदानलाई खोजी गर्दै डिजिटल अभिलेख संकलन गर्दै आएको छ।

 

यस प्रदर्शनीमा महिलाको योगदान समेटिएका विभिन्न ऐतिहासिक तस्वीरहरू राखिने छन्। नेपालगन्जवासीहरूका लागि यो अनुपम अवसर भएकाले सबैलाई प्रदर्शनीमा सहभागी हुन हार्दिक निमन्त्रणा!

 

Leave a Reply

error: Content is protected !!