Listen LIVE

नेपालगञ्ज, चैत ३० – गोर्खाली यातायात सेवा प्रा.लि.द्वारा संचालित बुद्ध एयर बस (बा ५ ख १२३४) ले यात्रुहरूलाई ठग्ने र दुर्व्यवहार गर्ने गरेको आरोप लागेको छ। चैत २९ गते साझ ६:३० बजे नेपालगञ्जबाट काठमाडौंका लागि छुट्ने भनिएको बस करिब राती ८ बजे मात्र छुटेको यात्रु रञ्जित ले जानकारी दिनुभयो।

Advertisement 1

 

यात्रुहरूका अनुसार एउटै सिटको टिकट तीन जनाको नाममा काटिएको थियो। यस कारण पहिला टिकट काटी सिटमा बसेका यात्रुलाई जबर्जस्ती उठाएर कोहलपुर बस समितिको सेटिङमा अन्य व्यक्तिलाई सिट दिइएको थियो। आपतकालीन काम परेका एक यात्रु नबिनले सिट नपाएर ग्यालरीमै बसेर यात्रा गर्नुपरेको बताए।

Advertisement 2

 

बस स्टाफको व्यवहार पनि निकै अमानवीय रहेको यात्रुहरूको आरोप छ। जब बस नारायणघाट पुग्यो, त्यहाँ एक जना कोहलपुरबाट चढेका यात्रु ओर्लिएपछि ग्यालरीमा बसेका नबिनलाई सिट दिने सट्टा नयाँ यात्रुलाई बसमा चढाएर त्यो सिट दिन खोजिएको थियो। यात्रुहरूले विरोध जनाएपछि मात्र नबिनलाई सिट दिइएको हो।

Advertisement 3

 

४४ सिट क्षमताको बसमा ६०–६५ जनालाई जबर्जस्ती राखेर यात्रा गराइएको यात्रु आभाष शर्माले जानकारी दिनुभयो। यात्रुहरूले यस्तो गैरजिम्मेवार र अमानवीय व्यवहार गर्ने बस कम्पनी र चालक–स्टाफमाथि कडा कारवाहीको माग गरेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!