Listen LIVE

चितवन, फागुन २७ : बाँकेको नेपालगन्जबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस चितवनमा आइतबार बिहान दुर्घटनाग्रस्त भएको छ।

Advertisement 1

 

लु.प्र.०३-००१ख ००७७ नम्बरको बस नारायणगढ–मुग्लिङ सडकखण्डस्थित सेतीदोभान पुलबाट करिब २० मिटर तल खोल्सामा खसेको हो। दुर्घटना बिहान ४:३० बजे भएको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ।

Advertisement 2

बसमा चालकसहित २९ जना सवार थिए। इलाका प्रहरी कार्यालय मुग्लिङकी प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार २४ जनाको उद्धार गरी भरतपुर पठाइएको छ। तीमध्ये २२ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

Advertisement 3

दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!