Listen LIVE

२२ मंसिर, नेपालगन्ज । नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेल लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ । जसमा लुम्बिनीले टस जितेर पहिले बलिङ रोजेको छ ।

Advertisement 1

 

यसअघि लगातार दुई खेल हारेको लुम्बिनी पहिलो जितको खोजीमा छ ।

Advertisement 2

 

यसअघि दुवै खेल जितेको सुदूरपश्चिम त्यो लय कायम राख्दै लगातार तेस्रो जित हात पार्ने लक्ष्यमा छ ।

Advertisement 3

 

दुवै टोलीमा एक-एक जना खेलाडी परिवर्तन गरिएका छन् । लुम्बिनीले आशुतोष घिरैयाको स्थानमा अर्जुन कुमाललाई खेलाएको छ भने सुदूरपश्चिममा रोहन मुस्तफा बाहिरिँदा वसन्त खत्री भित्रिएका छन् ।

 

लुम्बिनी लायन्सका बेन कटिङ आज पनि बेन्चमा छन् । चर्चित अष्ट्रेलियन अलराउण्डर बेन कटिङले पहिलो खेल खेलेपछि लगातार दुई खेलमा बेन्चमै सीमित भएका हुन् ।

 

दुवै टिमको खेल हेर्न मैदानमा दर्शक भरिभराउ छन् । आज शनिबार सार्वजनिक बिदाको दिन भएकाले बिहानैदेखि दर्शकहरूको बाक्लो उपस्थिति छ । टिकट पनि अघिल्लो दिन नै सोल्डआउट भइसकेको थियो ।

 

लुम्बिनी लायन्स प्लेइङ ११ : अर्जुन कुमाल, रोहित पौडेल, टम मूर्स, उन्मुक्त चन्द, सन्दीप जोरा, बिबेक यादव, साद बिन जफर, सूर्य तामाङ, रामोन सिमोण्ड्स, दुर्गेश गुप्ता, दिनेश अधिकारी

 

सुदूरपश्चिम रोल्स प्लेइङ ११ : इशान पाण्डे, अमित श्रेष्ठ, विनोद भण्डारी, ब्राण्डन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, वसन्त खत्री, सैफ अली जैब, अविनाश बोहरा, स्कट कुगेलेइन, नरेन साउद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!