सन्देश भुसाल : बैजनाथ गाउँपालिका–५ स्थित रंगिलाचोक अब रातको समयमा पनि उज्यालो बन्नेछ। लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री रत्न खत्रीको पहलमा त्यहाँ हाईमास्क लाइट जडान गरिएको हो। लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेट अन्तर्गत सार्वजनिक स्थलमा उज्यालो विस्तार गर्ने योजनाअनुसार उक्त कार्य सम्पन्न गरिएको जनाइएको छ। रातको समयमा स्थानीय बासिन्दाको सुरक्षित आवत–जावत सुनिश्चित गर्न यो लाइट जडान गरिएको हो। स्थानीय बासिन्दाले प्रदेश सांसद खत्रीप्रति आभार व्यक्त गर्दै जनताका आवश्यकता पहिचान गरी विकासको नेतृत्व गर्ने नेताको रुपमा उनको प्रशंसा गरेका छन्। “हामीजस्ता जनताको कुरा बुझ्ने र काम गर्ने नेताको खाँचो थियो, खत्रीजीले त्यो देखाइदिनुभयो,” एक स्थानीयले भने। सांसद खत्री यसअघि पनि बैजनाथ क्षेत्रमा सडक, खानेपानी, स्वास्थ्य र शिक्षाजस्ता जनसरोकारका क्षेत्रमा उल्लेखनीय काम गर्दै आएका छन्। उनको लोकप्रियता स्थानीयस्तरमा बढ्दै गएको छ भने निरन्तर विकासका गतिविधिमा उनी अग्रसर देखिन्छन्। स्थानीय विकासमा सक्रियता र जनताको विश्वास जित्दै अघि बढिरहेका रत्न खत्रीले आगामी दिनमा पनि यस्तै परिणाममुखी कार्य गर्दै जाने स्थानीयवासीको अपेक्षा छ। Post navigation कैलालीमा रगत अभाव, बिरामीको उपचारमा समस्या दुखद घटना : भारतबाट बेपत्ता भएका सुर्खेतका दुई दिदीबहिनी भक्तपुरमा मृत अवस्थामा फेला