Listen LIVE

सन्देश भुसाल, नेपालगञ्ज : नेपालगन्ज, वडा नम्बर ३ एकलैनीमा विद्युत बक्यौता रहेका ग्राहकको लाइन काट्न खटिएका नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरूमाथि स्थानीयले कुटपिट गरेका छन्। उक्त घटनामा पाँच जना कर्मचारी घाइते भएका छन्, जसमा मिटर रिडर उदयराज यादव गम्भीर अवस्थामा रहेका छन्।

Advertisement 1

नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेका अनुसार घाइते हुने कर्मचारीहरूमा मिटर रिडिङ सुपरभाइजर लोकेन्द्र शाही, मिटर रिडरहरू सतराम यादव, देशराज यादव र सन्तराम यादव रहेका छन्। लामिछानेले मिटर रिडर उदयराज यादवको हात भाँचिएको र शरीरका विभिन्न भागमा चोट लागेको जानकारी दिएका छन्। उनलाई थप परीक्षणका लागि सिटी स्क्यान गर्न लागिएको छ।

Advertisement 2

 

६० दिनभन्दा बढी समयदेखि विद्युत शुल्क नबुझाएका ग्राहकको लाइन काट्न गएको टोलीमाथि अचानक ढुंगा, लठ्ठी र मुक्काले आक्रमण गरिएको लामिछानेले बताए। स्थानीयहरूको कुटपिटबाट गम्भीर घाइते भएका यादवको अवस्था चिन्ताजनक रहेको छ।

Advertisement 3

 

घटनापछि प्रहरीले तीन जना स्थानीयलाई पक्राउ गरी वडा प्रहरी कार्यालय नेपालगन्जमा राखेको छ। पक्राउ परेकाहरू पनि घाइते भएकाले उनीहरूको उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीले जानकारी दिए।

 

प्रहरीका अनुसार घटनाका सम्बन्धमा अहिलेसम्म लिखित जाहेरी प्राप्त नभएको भए पनि जाहेरी परेपछि थप अनुसन्धान अघि बढाइने छ। नेपालगन्ज वितरण केन्द्रका प्रमुख लामिछानेले कर्मचारीहरूको उपचारपछि कानुनी प्रक्रियामा जाने बताएका छन्।

 

विद्युत कर्मचारीमाथि भएको आक्रमणलाई उनले मानव अधिकार, श्रम कानून र संस्थागत मर्यादाको गम्भीर उल्लंघन भएको भन्दै दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!