Listen LIVE

काठमाडौँ- नेपाल समाजवादी महिला संघ (नयाँ शक्ति) ले ‘बहुविवाह गर्न पाउने कानुन’ सरकारले ल्याउन लागेको भन्दै त्यसप्रति आपत्ति जनाएको छ। संघले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त विषयमा आपत्ति जनाएको हो।

Advertisement 1

नेपाल समाजवादी महिला संघ (नयाँ शक्ति) को केन्द्रीय समितिले सार्वजनिक गरेको विज्ञप्तिमा सरकारलाई मौलिक हक र महिला अधिकार सुनिश्चित गर्न सचेत र जिम्मेवार बन्न आग्रह गरिएको छ।

महिला संघले बहुविवाहलाई कडा सजायसहितको फौजदारी अपराधको रूपमा व्याख्या गर्दै यसलाई प्रश्रय दिने खालको कानुनी मस्यौदा संविधान, प्रचलित कानुन र नेपालले प्रतिबद्धता जनाएका अन्तर्राष्ट्रिय कानुनविपरीत भएको बताएको छ।

Advertisement 2

‘यदि सञ्चारमाध्यममा उल्लेख भएअनुसार मौलिक हकअधिकार हनन हुने गरी र महिलालाई थप प्रताडित गर्ने गरी कानुनी मस्यौदा तयार गरिएको हो भने त्यसको सत्यतथ्य जनसमक्ष ल्याउन नेपाल सरकारसँग जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ।

संघले बहुविवाहविरुद्ध भइरहेको विभिन्न अधिकारकर्मीहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ। ‘राज्यले यस विषयलाई गम्भीरतापूर्वक लिएर यथाशीघ्र सम्बोधन गर्नुपर्छ,’ विज्ञप्तिमा थप भनिएको छ।

Advertisement 3

 

 

Facebook Notice for EU! You need to login to view and post FB Comments!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!