सन्देश भुसाल, नेपालगञ्ज : नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। निर्वाचनमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) का सम्पूर्ण पदाधिकारी विजयी भएका छन्।
Advertisement 1
निर्वाचन समितिका अनुसार अनेरास्ववियूका प्यानल प्रमुख केशरजंग शाह को नेतृत्वमा अध्यक्षदेखि सदस्यसम्मका सबै पदाधिकारी निर्वाचित भएका हुन्। शाहको प्यानलले नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी को संयुक्त प्यानललाई पराजित गर्दै जित हासिल गरेको हो।
Advertisement 2
निर्वाचित पदाधिकारीहरूमा अध्यक्ष केशरजंग शाह, सचिव चिरञ्जीवी बुढा, कोषाध्यक्ष सुरेन्द्र रावल, सदस्यहरूमा अमिश बि.क., बन्दना थारु, अंकितकुमार यादव, टक्क रोकाया, निरज यादव, राजीव साह, शिशिर सुवेदी, गोपाल आउजी रहेका छ्न।
Advertisement 3
देशभरका अधिकांश क्याम्पसमा सत्ता साझेदार दलहरूबीच गठबन्धन भए पनि महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियूबीच प्रत्यक्ष प्रतिस्पर्धा भएको थियो। माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले विप्लव समूह, एकीकृत समाजवादी निकट अनेरास्ववियू, र धर्मेन्द्र वास्तोला समूह सँग गठबन्धन गरेर चुनाव लडेको थियो।
क्याम्पसमा ४,६६० जना मतदाता रहे पनि मतदान उत्साहजनक देखिएन। निर्वाचन समितिका अनुसार कुल १,६९९ मत मात्र खसेको थियो, जसले मतदान प्रतिशत निकै कम रहेको देखाउँछ।










प्रतिक्रिया