Listen LIVE

सन्देश भुसाल, नेपालगञ्ज पोष्ट : नेपालि सांगीतिक क्षेत्रमा अर्को नयाँ रोमान्टिक गीत ‘तिम्रो माया आकाशको चरी भो’ सार्वजनिक गरिएको छ। Aarav Digital को प्रस्तुति रहेको यस गीतले प्रेम, त्याग र विछोडको कथालाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ।

Advertisement 1

 

“तिम्रो माया आकाशको चरी भो, मेरो माया बर्षातको झरी भो” भन्ने सशक्त शब्दबाट सुरु हुने यो गीत एउटा गहिरो कथामा आधारित छ, जसलाई कलाकार रिहान शंकर, स्मारिका ढकाल र राजीब रसाईलीले अभिनयमार्फत जीवन्त बनाएका छन्। गीतमा देखाइएको त्रिकोणात्मक प्रेम कथाले दर्शकलाई सुरुदेखि अन्त्यसम्म बाँधेर राख्ने प्रयास गरेको छ।

Advertisement 2

 

प्रसान्त केसीले लेखेको यस गीतमा नबिन कार्कीको संगीत रहेको छ भने आवाज प्रमोद डीजीको छ। बिशाल निरौलाको संगीत संयोजन, रन्जन राईको मिक्स–माष्टरिङ र अलंकार डिजिटल स्टुडियोमा गरिएको रेकर्डिङले गीतको प्राविधिक पक्षलाई मजबुत बनाएको छ।

Advertisement 3

 

भिडियोतर्फ, रतिना सुनुवारको कथा तथा निर्देशनमा तयार भएको यस गीतमा दिनेश सुवेदीको छायांकन रहेको छ। सहायक छायांकन सुरज पौडेल, प्रकाश संयोजन रमेश कार्की र मेकअप सुवास तिमल्सिनाले गरेका छन्। भिडियो सम्पादन तथा कलर अमृत चापागाईंले गरेका हुन्।

 

गीत रिहान शंकरको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक भएसँगै गीतले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। मर्मस्पर्शी शब्द, भावनात्मक संगीत र प्रभावशाली अभिनयका कारण ‘तिम्रो माया आकाशको चरी भो’ ले नेपाली गीतप्रेमीको मन छोएको देखिन्छ।

 

मिडिया पार्टनरका रूपमा चुरो खबर एचडी, डी–लाइट डिजिटल र नेपालगञ्ज पोस्ट (सन्देश भुसाल) रहेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!