Listen LIVE

नेपालगन्ज, जेठ ४। चलचित्र पत्रकार संघ नेपाल बाँकेले आफ्नो २६औँ वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवसको अवसरमा निर्देशक तथा डान्सर नवराज सुवेदी र पत्रकार सावित्री गिरीलाई सम्मान गरेको छ।

Advertisement 1

 

आज नेपालगन्जमा आयोजित विशेष कार्यक्रममा मोफसलमा रहेर निरन्तर कला र पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएका दुई प्रतिभाहरुलाई सम्मान गरिएको हो। निर्देशक सुवेदीलाई नगद तीन हजार एक सय रुपैयाँ र पत्रकार गिरीलाई दुई हजार एक सय रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको संघका अध्यक्ष रामचन्द्र पौडेलले जानकारी दिए।

Advertisement 2

 

निर्देशक तथा डान्सर नवराज सुवेदी

सुवेदीले दर्जनौं म्युजिक भिडियो तथा लघु चलचित्र निर्देशन गर्दै आएका छन् भने गिरीले चलचित्र विधामा निरन्तर कलम चलाउँदै पत्रकारितामा सक्रिय योगदान दिँदै आएकी छन्।

Advertisement 3

 

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्ररिषि चौलागाईले चलचित्रप्रतिको आफ्नै लगाव रहेको उल्लेख गर्दै विगतमा चलचित्र हेर्नकै लागि गरेका संघर्षहरू सम्झिए। उनले सिनेकर्मी, पत्रकार, हल सञ्चालक र दर्शकलाई एकअर्काका परिपूरक भन्दै यस्ता निकायहरूबीच समन्वय गराउने कार्यमा चलचित्र पत्रकार संघले महत्वपूर्ण भूमिका खेलेको बताए।

पत्रकार सावित्री गिरी

त्यसैगरी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरिले नेपाली चलचित्रले पछिल्लो समय राम्रो व्यापार गरिरहेको बताउँदै नेपालगन्जमा सुविधा सम्पन्न सिनेमा हल निर्माण हुनु गौरवको विषय भएको उल्लेख गरे। साथै, केन्द्रबाट नेपालगन्ज आउने कलाकारहरूलाई पत्रकारहरूसँग साक्षात्कार गराउने कामलाई निरन्तरता दिन संघलाई सुझाव समेत दिए।

 

कार्यक्रममा पत्रकार निरज गौतम, संगीतकर्मी तथा संघका सल्लाहकार सुन्दर गुरुङ लगायतले विधागत पत्रकारितालाई थप प्रभावकारी बनाउन सुझाव दिए।

 

कार्यक्रमको स्वागत कार्यवहाक सचिव लक्ष्मी तिमिल्सिनाले गरेकी थिइन्। संघले आगामी दिनमा प्राप्त सुझावहरू कार्यान्वयन गर्दै लैजाने अध्यक्ष पौडेलले प्रतिबद्धता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!