तेह्रथुम – तेह्रथुममा खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर दुई जनाको ज्यान गएको छ । मेन्छ्यायेम गाउँपालिका–५ गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र त्यही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । गौखुरी माविका सहायक प्रधानाध्यापक कमल सापकोटाका अनुसार रविना र सुस्मिता हिजो शनिवारको बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए । खोला किनारमा टिकटक बनाउने क्रममा उनीहरु चिप्लिएर खोलामा बगेका थिए । बगेका दुई जनाको बेलुका शव भेटिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख चिनिमाया तामाङले जानकारी दिनुभयो । उनीहरुको शव आज परिवारलाई बुझाउने तयारी छ । Post navigation नेपाललाई हराउँदै बङ्गलादेश फाइनलमा देशमा पश्चिमी वायुको प्रभाव : कुन कुन प्रदेशमा छ बर्षा र हिमपातको सम्भावना ?