Listen LIVE

सन्देश भुसाल, नेपालगन्ज: बाँकेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) खगेन्द्रप्रसाद रिजालले आफ्नो अधिकारको चरम दुरुपयोग गर्दै परीक्षा केन्द्र हेरफेरमा चलखेल गरेको आरोप लागेको छ। कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो खुलासा गरेका हुन्।

Advertisement 1

बाँके प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल

मेयर आचार्यले प्रजिअ रिजालले विभिन्न विद्यालयका परीक्षा केन्द्र हेरफेर गर्ने बहानामा अनुचित चलखेल गरी सौदाबाजी गरेको आरोप लगाएका छन्। ‘राज्यको महत्वपूर्ण निकायको एउटा अधिकार प्राप्त व्यक्ति नैतिक रुपमा भ्रष्ट भयो भने समाज कसरी चौपट हुन्छ भन्ने कुराको राम्रो उदाहरण पनि दिन सफल हुनु भएकोमा बधाई छ,’ उनले लेखेका छन्, ‘अझै लामो समय निजामति सेवामा रहने र माथिल्लो भूमिकामा पुग्ने निश्चित छ त्यसको लागि शुभकामना पनि छ, तर केही गलत प्रवृत्तिका पात्रसँगको साँठगाँठ र हिमचिमले कोहलपुरको मर्यादित परीक्षा प्रणालीमा धक्का दिन जुन कोशिस गर्नु भयो ईतिहासले धिक्कार्ने नै छ।’

कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्य

प्रजिअ रिजालको चलखेलले आफूहरुलाई निरुत्साहित गर्ने मेयर आचार्यले बताएका छन्। ‘तपाई खै कस्तो प्रलोभनमा पर्नु भयो बिस्तारै खुल्दै जाला तर सिंगो अभिभावकलाई भ्रममा राख्ने र विद्यार्थीको भविष्य चौपट हुने गरि गरिने यस्ता धु्रत निर्णयको हामी सामना गर्ने नै छौं,’ उनले भने। प्रजिअ रिजाल बाँकेमा कार्यरत रहँदा कक्षा १० को एसइई परीक्षा केन्द्र निर्धारण गर्दा केही संस्थागत विद्यालयसँग सौदाबाजी गरेको आचार्यको आरोप छ।

Advertisement 2

सामाजिक सञ्जाल फेसबुकमार्फत गरेको खुलासा

‘हामी शिक्षामा लगानी, शैक्षिक प्रणालीको सुधार, मर्यादित परिक्षा सञ्चालन र गुणस्तरीय शिक्षा प्रति संवेदनशील, जिम्मेवार र जवाफदेही छौं, त्यसैले यो वा त्यो रुपमा हाम्रो हुर्मत लिन कसैले प्रयत्न नगर्न सुझाव छ,’ मेयर आचार्यले लेखेका छन्। प्रजिअ रिजालको बाँकेबाट सरुवा भइसकेको बताइएको छ। तर, यस विषयमा प्रजिअ रिजालको आधिकारिक धारणा भने सार्वजनिक भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!