बाँके : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको घोसिया माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई समाजसेवी राजा खाननेपालगन्जले आफ्नो जन्मदिनको अवसरमा राहत सामग्री वितरण गर्नुभएको छ। जन्मोत्सवमा अनावश्यक खर्च नगरी शैक्षिक क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले उहाँले विद्यालयका २२ जना आर्थिक अवस्था कमजोर तर जेहेन्दार र अनुशासित विद्यार्थीहरूलाई स्कुल ब्याग, कापी, कलम, कटर, इरेजर लगायतका सामग्री प्रदान गर्नुभएको हो।
राजा खानले शिक्षा क्षेत्रमा लगानी गर्नु नै समाज परिवर्तनको मार्ग भएको बताउँदै फजुल खर्च नगरी यस्ता गतिविधिमा सहभागी हुन सबैलाई प्रेरित गर्नुभएको छ।
कार्यक्रममा नेपालगञ्ज टिभीका अध्यक्ष इरफान अली (अरसद), सम्पादक रोशन कुमार, समाजसेवी मोहम्मद साजित खान, बाल अधिकारकर्मी साहिल अन्सारी, समाजसेवी दिलावत सिद्दिकी, र संवाददाता हुसैन अन्सारीको सहभागिता रहेको थियो|

जामिया अरबियाँ मिफताहल उलुम फुवारी मस्जिद नेपालगन्ज
यो कार्यक्रम राजा खानको जन्मदिनको अवसरमा पहिलो चरणको राहत वितरण कार्यक्रम हो। दोस्रो चरणमा जामिया अरबियाँ मिफताहल उलुम फुवारी मस्जिदका २२ जना विद्यार्थीलाई पनि शैक्षिक सामग्री प्रदान गरिएको छ।

समाजसेवी राजा खान नेपालगन्ज खानले आगामी दिनमा थप विद्यार्थीलाई समेट्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। यो अभियानले शिक्षा क्षेत्रमा सकारात्मक सन्देश पुर्याउने विश्वास गरिएको छ।














