Listen LIVE

नेपालगञ्ज : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यही पुस १५ गते नेपालगञ्ज उपमहानगरपालिकाको नगर अधिवेशन आयोजना गर्ने भएको छ। अधिवेशन नेपालगञ्जस्थित सिद्धार्थ कटेजमा दिउँसो १२:३० बजेबाट सुरु हुने कार्यतालिका तय गरिएको छ।

Advertisement 1

 

अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य तथा प्रवक्ता मनिष झा र केन्द्रीय सदस्य तथा सचिवालय सदस्य हरि ढकालको विशेष उपस्थिति रहने रास्वपा बाँके क्षेत्र नम्बर २ का सभापति विवेक कुमार श्रेष्ठले जानकारी दिएका छन्।

Advertisement 2

 

नेपालगञ्जमा आयोजना हुन लागेको यो रास्वपाको पहिलो ऐतिहासिक नगर अधिवेशन भएको उल्लेख गर्दै सभापति श्रेष्ठले अधिवेशनकै अवसरमा वृहत पार्टी प्रवेश कार्यक्रम पनि आयोजना गरिने बताए। उनले अधिवेशनलाई सफल बनाउन पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई उपस्थितिका लागि आग्रह गरेका छन्।

Advertisement 3

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!