Listen LIVE

दाङ – घोराही उपमहानगरपालिकाको वडा नम्बर २ स्थित चक्लीघाट क्षेत्रमा मोबाइल सेवा ९टावर० सञ्चालनमा आएको छ । घोराही उपमहानगरपालिकाको पहलमा सो स्थानमा टावर राखेर नेपाल टेलिकमले फोन र इन्टरनेट सेवा सञ्चालन गर्दै आएको छ ।

Advertisement 1

नेपाल टेलिकम र घोराही उपमहानगरपालिकाको पहलमा टावर राखिएको हो । वडा नम्बर २ मा झुले डण्डामा टावर स्थापना भएपछि चक्लीघाट क्षेत्रमा नेपाल टेलिकमले फोन र इन्टरनेट सेवा उपलब्ध गराएको छ । बेलदमारदेखि घोराही लमही सडकखण्डको उत्तर–पूर्वतर्फको चक्लीघाट क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध हुँदा सो क्षेत्रका नागरिकले सञ्चार सेवा उपभोग गर्न निकै समस्या भोग्नुपरेको थियो । नेपाल टेलिकमको ५० लाख र घोराही उपमहानगरपालिकामा १५ लाख लगानी गरी झुले डाडामा टावर स्थापना गरिएको हो । घोराही उपमहानगरपालिका वडा नं २ का अध्यक्ष चित्रबहादुर चौधरीले मंगलबारबाट चक्लीघाट क्षेत्रमा नेपाल टेलिकम, फोन र इन्टरनेट सेवाको शुभारम्भ भए संगै यहाँका नागरिकले सञ्चारको सुबिधा लिन पाउने बताए । निकै लामो समयपछि यहाका नागरिकलाई टेलिफोन र ईन्टरनेट सेवा पुराउन पाउदा निकै खुशी लागेको बताए । घोराही उपमहानगरपालिकाको महाशाखाका प्रमुख वरिष्ठ डिभिजन इन्जिनियर युवराज पौडेलले भूगोलका कारण धेरै समस्या भए पनि सञ्चार सेवामार्फत नागरिकलाई जोड्न सफल भएको बताए । घोराही उपमहानगरपालिकाले चक्लीघाटबाट झुले डाँडामा विद्युत् विस्तारका लागि १५ लाख रुपैयाँ खर्च गरेको जानकारी दिइएको छ ।

 

Advertisement 2

विकास चक्लीघाटलाई स्थानीय सरकारले अहिले बाटो र पुल्लैलाई पहुँचमा जोड्न प्राथमिकता दिएको बताए । त्यसैगरी नेपाल टेलिकम काठमाडौंका वरिष्ठ अधिकृत केशवराज देवकोटाले, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले केही वर्षअघि चक्लीघाटको स्थानीय सञ्चार सेवा जोड्ने योजना बनाएको र अहिले संयुक्त रुपमा काम सम्पन्न भएको बताए । नेपाल टेलिकमले राष्ट्र निर्माणको अभियानको बारेमा चर्चा गर्दै उनले आफ्नो जिम्मेवारीअनुसार स्थानीय सरकारसँगको सहकार्यमा चक्लीघाटका जनतालाई सञ्चार प्रदान गर्न सफल भएको बताए । कार्यक्रममा नेपाल टेलिकम घोराहीका प्रमुख सुरेशकुमार शर्माले चक्लीघाटमा फोन सेवासँगै स्थानीयवासीलाई निःशुल्क नमस्ते प्रिपेड सिम वितरण गरिएको जानकारी दिए । त्यसैगरी स्थानीय वीरबहादुर वालीले स्थानीय सरकार घोराही उपमहानगरपालिका र नेपाल टेलिकमले टेलिफोन सेवा सञ्चालन गरी नागरिकलाइ सञ्चारको पहुँच पूराएकोमा खुशी व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!