Listen LIVE

भारत : भारतको झारखण्ड खुन्टी जिल्लामा तीन किशोरीहरूलाई बलात्कार गरेको आरोपमा प्रहरीले १८ नाबालिगहरूलाई पक्राउ गरेको छ। प्रहरीले सोमबार यो जानकारी दिएको एनडिटिभीले समाचारमा उल्लेख गरेको छ। ती नाबालिगहरू १२ देखि १७ वर्ष उमेरका रहेका छन्। उनीहरूलाई बाल सुधार गृह पठाइएको र पीडित बालिकाहरूको सोमबार स्वास्थ्य परीक्षण गरिने प्रहरीले जनाएको छ।

Advertisement 1

प्रहरीका अनुसार घटना शुक्रबार राति भएको हो। घरबाट केही टाढा एउटा विवाह समारोहमा पाँच जना किशोरीहरू गएका थिए। सबै अभियुक्तहरू पनि त्यहीं थिए। राति जब ती किशोरीहरू विवाह समारोहबाट आफ्नो घरतिर निस्किए तब अभियुक्तहरूले उनीहरूलाई पछ्याउन थाले। घर जान किशोरीहरूलाई नदी पार गर्नुपर्थ्यो। यसअघि, आरोपीले उनीहरूलाई समातेर नजिकैको जंगल क्षेत्रमा लगेका थिए।

यसैबीच, दुई किशोरीहरू कुनै न कुनै रूपमा आरोपीको पञ्जाबाट भाग्न सफल भए। उनीहरू घर पुगेपछि गाउँलेहरूलाई घटनाको बारेमा जानकारी गराएका थिए। यसपछि गाउँलेहरू घटनास्थलमा पुग्दा अभियुक्तहरू भागेका थिए।

Advertisement 2

गाउँलेहरूले आइतबार घटनाको बारेमा प्रहरीलाई जानकारी गराएका थिए। यसपछि सबै अभियुक्तहरूलाई पक्राउ गरियो। घटनाको बारेमा एसपी अमन कुमारले किशोरीहरूको बयान लिएपछि मुद्दा दर्ता गरिएको र अभियुक्तहरूलाई पक्राउ गरिएको बताए।

परिवारका सदस्यहरूले दिएको प्रहरी उजुरी अनुसार भा‍ग्न नसिकेका अन्य तीन जना किशोरीहरू १२ देखि १६ वर्ष उमेर समूहका किशोरहरूबाट बलात्कृत भएका थिए।

Advertisement 3

‘आइतबार रानिया प्रहरी चौकीमा उजुरी दर्ता भएपछि घटना प्रकाशमा आएको हो,’ एसपीले भने, ‘प्रहरीले तुरुन्तै एउटा टोली गठन गर्‍यो जसले सबै १८ अभियुक्तहरूलाई पक्राउ गर्‍यो। आरोपीहरूलाई सोमबार बालगृह पठाइएको थियो।’

बालिकाहरूको सकेसम्म चाँडो स्वास्थ्य परीक्षण गरिने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!