Listen LIVE

नयाँ दिल्ली : अल्लु अर्जुन र रश्मिका मन्डन्नाको फिल्म ‘पुष्पा २ः द रुल’ रिलिजअघि नै विवादमा पर्दै आएको छ । फिल्मले बक्स अफिसमा मनग्य कमाइ गरेपनि फिल्मलाई लिएर चलिरहेको विवाद भने अन्त्य हुन सकेको छैन ।फिल्मको प्रदर्शनको क्रममा एक महिलाको मृत्युको घटना अझै शान्त हुन सकेको छैन भने अर्कोतिर यसको रिलिज गीत ‘दामुन्टे पट्टुकोरा’ लाई लिएर विवाद बढेको छ ।

Advertisement 1

गीतमा पुष्पराजले शेखावतलाई चुनौती दिएका छन् ।उनी भन्छन्, ‘हिम्मत छ भने मलाई समात ।’ यो गीत फिल्ममा फहद फासिलको क्यारेक्टर एसपी भंवर सिंह शेखावतका लागि बनाइएको भए पनि सामाजिक सञ्जालमा ठूलो विवाद सृजना भएपछि निर्माताले यो गीत युट्युबबाट हटाउनु परेको थियो ।वास्तवमा नेटिजनहरूले यो गीतमा प्रश्न उठाइरहेका थिए र भनेका छन् कि संध्या थिएटर भागदण्डको घटनामा निर्माताहरूले पुलिस अधिकारीहरूलाई निशाना बनाएका छन्। यही विवादका कारण उक्त गीत फिल्म रिलिज भएकाे २२ दिन पछि युट्युबबाट हटाइएकाे भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

 

Advertisement 2

हैदराबादको सन्ध्या थिएटरमा फिल्मको प्रिमियरको क्रममा भागदौडमा ३५ वर्षीया महिला रेवतीको मृत्यु भएको थियो भने उनको ८ वर्षीय छोरा गम्भीर घाइते भएका थिए जसको अवस्था निकै नाजुक रहेको बताइएको छ ।अल्लु अर्जुनले यस विषयमा कानुनी कारबाही भोगिरहेका छन् । यस घटनापछि उनलाई १३ डिसेम्बर २०२४ मा पक्राउ गरी १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएको थियो । तर, उनले सोही दिन जमानत पनि पाएका थिए । हाल सो घटनामा परेका परिवारलाइ पुष्पाः २ को टिमले २ करोड दिने घोषणा गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!