Listen LIVE

चितवन | चितवनको टिकौली जंगलमा दुई ट्रक र एक ट्यांकर ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

दुर्घटनामा २ जना घाइते भएका छन् । गएराति साढे ११ बजे टाँडीबाट नारायणगढतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००२ख १४३९ नम्बरको ट्रक र नारायणगढबाट टाँडीतर्फ आइरहेको ना ८ ख ८६७४ नम्बरको खाली ट्याङकर ठक्कर खाई सोही ट्यांकर पछाडि सोही दिशाबाट आइरहेको ना ६ ख ४६२४ नम्बरको ट्रक ठक्कर खाँदा ०३-००२ख १४३९ नम्बरको ट्रकका चालक मकवानपुरका वर्ष २६ का अनिश स्याङ्तान गम्भीर घाइते भएका थिए।

घाइते अवस्थामा भरतपुर अस्पताल पुर्याइएकामा उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइते २ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!