Listen LIVE

वीरगन्ज, पर्सा : सशस्त्र प्रहरीले वीरगन्ज भन्सार क्षेत्रबाट एक थान एयरगन र ८२ राउण्ड गोलीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति भारत पश्चिम बंगालको खिदिरपुरका ३४ वर्षीय मिम्मर हुसेन हुन्, जो हाल ललितपुरमा बसेर फर्निचरको काम गर्दै आएका थिए।

Advertisement 1

 

शुक्रबार भारतको रक्सौलबाट एयरगन र गोली लिएर पैदल वीरगन्ज आउँदै गरेका हुसेनलाई सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्मको टोलीले नियन्त्रणमा लिएको हो। उनीसँग मोडल नम्बर एम ३५ को एयरगन र त्यसमा लाग्ने ८२ राउण्ड गोली बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक (DSP) नरेन्द्र सिंह धामीले जानकारी दिए।

Advertisement 2

 

सशस्त्र प्रहरीले हुसेनलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरी चौकी इनर्वामा बुझाएको छ। प्रहरीका अनुसार, उनीमाथि अब सम्बन्धित कानुनी प्रक्रिया अघि बढाइनेछ।

Advertisement 3

 

यस घटनाले सीमा क्षेत्रमा अवैध हतियार ओसारपसारको जोखिम अझै कायम रहेको संकेत गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!