Listen LIVE

नेपालगन्ज : नेपालगन्जमा जारी ‘प्रादेशिक महोत्सव २०८१’ मा पत्रकारहरूले रिपोर्टिङका क्रममा भोग्नु परेका असहजता र दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ।

Advertisement 1

महासंघले माघ १२ गते शनिबार मञ्च परिसरमा फोटो खिच्ने र भिडियो छायांकन गरिरहेका न्यूजबाँके अनलाइन मिडियाका पत्रकार टार्जन ओलीमाथि भएको दुव्र्यवहारप्रति खेद व्यक्त गरेको छ। महासंघका अनुसार ओलीले आफ्नो पत्रकार परिचयपत्र देखाउँदा पनि आयोजक र सुरक्षाकर्मीले दुर्व्यवहार गरेका थिए।

Advertisement 2

 

पत्रकार महासंघ बाँके शाखाले यस्ता घटनाहरू दोहोरिन नदिन महोत्सव आयोजकलाई सचेत गराउँदै, पत्रकारहरूको कामका लागि सहज र प्रेसमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ। साथै, महासंघले महोत्सवस्थलभित्र प्रवेश गर्दा पत्रकारहरूले सामना गर्नुपरेको अनावश्यक उल्झन र असहजताप्रति गम्भीर आपत्ति प्रकट गरेको छ।

Advertisement 3

 

महासंघले पत्रकारहरूले रिपोर्टिङका क्रममा पत्रकार आचारसंहिताको पालना गर्दै मर्यादित पत्रकारिता गर्न अनुरोध गरेको छ। यस्तै, पत्रकारको स्वतन्त्रता र सम्मान सुनिश्चित गर्न सम्बन्धित निकायले चाँडो कदम चाल्नुपर्नेमा जोड दिएको छ।

 

महासंघले प्रेस स्वतन्त्रतामाथिको आक्रमण रोक्न आवश्यक व्यवस्था गर्न र भविष्यमा यस्ता घटना हुन नदिन ठोस उपाय अपनाउन माग

गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!