Listen LIVE

नेपालगञ्ज, असार १५ । देशभर मनसुनको प्रभाव क्रमशः सक्रिय बन्दै गएको छ। सोमबार बिहान ४:३० बजेसम्मको विवरणअनुसार पछिल्लो तीन घण्टामा लमजुङको भोर्लेटारमा सबैभन्दा बढी ११४ मिलिमिटर वर्षा मापन भएको छ। चितवन, दाङ, बाँके, बर्दिया लगायतका जिल्लामा पनि भारी वर्षा भएको छ।

Advertisement 1

 

हाल गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कर्णाली र मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी केही दिन अझै वर्षा हुने सम्भावना रहेको भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

Advertisement 2

महाशाखाका अनुसार अहिले कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव रहेको छ। अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। साथै गण्डकी र लुम्बिनीका बाँकी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आगामी २–३ दिनभित्र मनसुन विस्तार हुने सम्भावना रहेको छ।

Advertisement 3

 

पछिल्लो एक घण्टामा रूपन्देहीको भैरहवामा ३४.८ मिमि, सूर्यपुरामा २९.८ मिमि, तिलोत्तमामा १५.२ मिमि, कालीकोटको गेलामा २६.४ मिमि र गोरखाको ताकुकोटमा १०.८ मिमि वर्षा मापन गरिएको छ।

 

त्यसैगरी पछिल्लो २४ घण्टामा लमजुङको भोर्लेटारमा १२२ मिमि, रूपन्देहीको तिलोत्तमामा ११६.४ मिमि, नवलपुरको दम्कौलीमा ११२.८ मिमि तथा कपिलवस्तुको भगवानपुरमा ८४.४ मिमि वर्षा भएको छ।

 

महाशाखाका अनुसार सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

 

कोशी प्रदेशका पहाडी र तराईका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। साथै कोशीको तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने चेतावनी पनि दिइएको छ।

 

सोमबार राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

 

त्यसैगरी मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकीका तराईका धेरै स्थान र लुम्बिनी तथा सुदूरपश्चिमका तराईका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।

 

महाशाखाले कोशी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको जनाएको छ। साथै रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले सतर्क रहन सबैलाई आग्रह गरिएको छ।

 

प्रशासनले नदी, खोला तथा पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन र मौसमसम्बन्धी आधिकारिक सूचनाको नियमित रूपमा जानकारी लिन आग्रह गरेको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!