Listen LIVE

काभ्रे : काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नम्बर ३ कुन्डोलमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

Advertisement 1

 

आज बिहान करिब ६ बजे धादिङबाट विवाहको जन्ती पुर्‍याएर फर्किंदै गरेको ना ४ ख ८८१७ नम्बरको खाली बस टर्निङमा ब्याक गर्ने क्रममा सडकबाट अन्दाजी २०० मिटर तल खस्दा दुर्घटना भएको हो।

Advertisement 2

 

दुर्घटनामा परी तेमाल गाउँपालिका वडा नम्बर १ निवासी ५० वर्षीय राम सिङ तामाङको घटनास्थलमै मृत्यु भएको छ। बसका चालक मकवानपुर जिल्लाको बागमती गाउँपालिकाका कृष्ण ब्लोन गम्भीर घाइते भएका छन्। घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको काभ्रे प्रहरीले जनाएको छ।

Advertisement 3

 

घटनास्थलमा पचुवारघाट प्रहरी चौकी र पाँचखाल प्रहरी चौकीका प्रहरी टोली परिचालित छन्। प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!