Listen LIVE

भारत : भारतको झारखण्ड राज्यमा केराउको एउटा दानाका कारण एक दुःखद घटना भएको छ। घटनामा डेढ वर्षीय बालकको ज्यान गएको छ।

Advertisement 1

 

कैरो थाना क्षेत्र अन्तर्गत गुडी करंज टोल निवासी कृषक खुदी उरांवका छोरा शिवम उरांवको बिहीबार मृत्यु भएको हो। परिवारका सदस्यहरू बिहीबार खेतमा काम गर्न गएका थिए र उनीहरूले शिवमलाई पनि सँगै लगेका थिए। बच्चालाई भुल्याउनका लागि खेतमा फलेको केराउ उखेलेर दिएका थिए।

Advertisement 2

 

घर फर्किने क्रममा बच्चाले केराउको लहरो पनि सँगै ल्याएको थियो। केही समयपछि अचानक बालकको सास फेर्न गाह्रो भयो र उनी तुरुन्तै अस्पताल पुर्याइएका थिए। तर, चिकित्सकहरूले अस्पतालमा पुग्नासाथ बालकको मृत्यु भइसकेको घोषणा गरे।

Advertisement 3

 

चिकित्सकका अनुसार, बालकले केराउको कोसाबाट दाना निकालेर खाने क्रममा उक्त दाना श्वास नलीमा अड्किएको थियो, जसका कारण उनको मृत्यु भएको हो।

 

यो घटनाले आम अभिभावकलाई सानोतिनो कुरामा पनि सतर्क रहन आवश्यक छ भन्ने चेतना दि

लाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!