सन्देश भुसाल, दाङ : दाङको तुलसीपुरमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सूर्य रानाका अनुसार घाइतेहरूको विवरण संकलनको कार्य भइरहेको छ। प्रहरीका अनुसार घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको अम्बिकेश्वरी यातायात प्रालिको रा १ ख ३१२६ नम्बरको बस तुलसीपुर–१७ र १८ नम्बर वडाको सीमाना बेल्झुण्डी नजिकै दुर्घटनाग्रस्त भएको हो। सोही दिशातर्फ आउँदै गरेको रा ६ प २६२९ नम्बरको मोटरसाइकलले बसलाई ओभरटेक गरी एक्कासी मोड्दा बस अनियन्त्रित भएर सडक किनारमा पल्टिएको थियो। बसले आकस्मिक रूपमा ब्रेक लगाए पनि मोटरसाइकललाई सामान्य ठक्कर लागेको बताइएको छ। दुर्घटनामा मोटरसाइकल चालकसहित बसमा सवार १४ जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। Post navigation नेपालगन्जमा ‘सार्वजनिक जीवनमा महिला’ सम्बन्धी निःशुल्क फोटो प्रदर्शनी : प्रदर्शनीमा सहभागी हुन हार्दिक निमन्त्रणा ! ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियु–नेविसंघ संयुक्त प्यानल विजयी