Listen LIVE

भैरहवा, फागुन ७ : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय २५ ग्राम सुन बरामद गरिएको छ। मंगलबार दिउँसो विमानस्थलको आगमन टर्मिनल भवनको प्रवेशद्वार नजिकै महिला शौचालयमा वेवारिसे अवस्थामा सुन भेटिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ।

Advertisement 1

 

प्रहरीका अनुसार बरामद गरिएको सुन रियाज अहमद नाउको नाममा जारी भएको गोल्डेन स्टोन न्यू ज्वेलरीको दुई वटा २५ ग्रामका र एक सय ग्रामका बिलसहित फेला परेको हो। सुनजस्तो देखिने पहेँलो रंगको धातुले बनेको दुई थान सिक्रीसमेत बरामद गरिएको छ। बरामद गरिएका सिक्री गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।

Advertisement 2

 

यसअघि पनि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी नै सुन तस्करी प्रकरणमा संलग्न रहेको पाइएपछि पक्राउ परेका थिए।

Advertisement 3

 

विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ

यस्तै, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले विदेशी मुद्रासहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मुम्बईको मालाड वेष्ट निवासी ३६ वर्षीय राहुल चतुर्वेदी रहेका छन्।

 

श्रीएयरको उडानमार्फत भैरहवाबाट काठमाडौं जान लागेका चतुर्वेदीको साथबाट ९ लाख २४ हजार ७ सय भारतीय रुपैयाँ, १ हजार अमेरिकी डलर, र ९ सय ६० संयुक्त अरब इमिरेट्स दिर्हाम बरामद गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका एसएसपी जर्नादन जिसीले जानकारी दिए।

 

बरामद गरिएको विदेशी मुद्रा तथा पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ।

 

यस घटनाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सुन तस्करी तथा अवैध वित्तीय कारोबार बढ्दै गएको संकेत गरेको भन्दै सुरक्षा निकायहरू सतर्क बनेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!