Advertisement 1
धनगढी : धनगढी उपमहानगरपालिका–१७ दीपनगर टोलमा भाइको कैँची प्रहारबाट दाइको ज्यान गएको छ। मृत्यु हुनेमा ३५ वर्षीय लालबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिएका छन्।
Advertisement 2
प्रहरीका अनुसार भाइ प्रकाश र दाइ लालबहादुरबीच गए राति सामान्य घरायसी विवाद भएको थियो। विवादकै क्रममा प्रकाशले दाइ लालबहादुरको घाँटीमा कैँचीले प्रहार गरेका थिए। गम्भीर घाइते भएका लालबहादुरलाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पुर्याइएको भए पनि उपचारकै क्रममा बिहान २ः५० बजे मृत्यु भएको प्रहरी निरीक्षक खड्काले नेपालगञ्ज पोष्ट लाई बताए।
Advertisement 3
मृतकको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। घटना पछि प्रहरीले हत्याको आरोपमा भाइ प्रकाशलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएको छ।










प्रतिक्रिया