Listen LIVE

सन्देश भुसाल, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका स्थित होटल डाईमन्ड अगाडिको सडक बिचमा लगाइएका फूलहरूले सामाजिक सञ्जालमा निकै चर्चा पाएका छन्। सुरुमा यी फूलहरू सौन्दर्य अभिवृद्धिका लागि रोपिएका थिए, तर अहिले तिनै फूल फोटो खिच्ने र टिकटक बनाउने स्थल बन्न पुगेका छन्।

Advertisement 1

 

विशेषगरी रातको समयमा सयौंको संख्यामा मानिसहरू सेल्फी र भिडियो बनाउन आउने गरेका छन्। यसले गर्दा सडक दुर्घटनाको सम्भावना बढ्दै गएको छ। फोटो खिच्न तथा भिडियो बनाउन आउनु भएकी माधुरी चौधरी भन्नुहुन्छ, “साथीले जबर्जस्ती गरेपछि आएको हुँ, तर अब भने आउने छैन।”

Advertisement 2

 

नेपालगन्ज भन्सार नाकाबाट रातको समयमा भारतीय नम्बर प्लेटका मालबाहक ट्रकहरू तीव्र गतिमा गुड्ने गर्छन्। तर, मुख्य सडकमै मानिसहरू भिड लागेर फोटो खिच्न थालेपछि दुर्घटनाको खतरा बढेको छ।

Advertisement 3

 

यसै विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर पुष्कर पन्तले राति ८ बजेपछि ट्राफिक प्रहरी खटाउने योजना रहेको बताए। साथै, उनले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी थप उपाय अपनाउने जानकारी दिए।

 

सामाजिक सञ्जालमा भाइरल बनेपछि अहिले दैनिक ४–५ सय मानिसहरू सेल्फी तथा टिकटकका लागि उक्त स्थानमा पुग्ने गरेका छन्।

 

सडकबीचका फूलहरूले एकातिर नेपालगन्जको सुन्दरतामा सकारात्मक प्रभाव पारेका छन् भने अर्कोतर्फ, यसले दुर्घटनाको जोखिम पनि निम्त्याएको छ। सामाजिक सञ्जालमा यसबारे मिश्रित प्रतिक्रिया देखिन थालेका छन्।

 

अब स्थानीय प्रशासनले यस विषयमा के कदम चाल्ने हो, त्यो हेर्न बाँकी छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!