Listen LIVE

नेपालगञ्ज : जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जनाएकाे छ। विभागका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालकाे तराई नजिक, औसत स्थानभन्दा उत्तरतर्फ अवस्थित छ, जसले वर्षा सम्भावना थप बढाएको छ।

Advertisement 1

 

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। अधिकांश स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम खालको वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान गरिएको छ।

Advertisement 2

 

त्यस्तै आज राति पनि देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा अन्य प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भने भारीदेखि धेरै भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

Advertisement 3

 

मौसम विभागले सम्भावित वर्षालाई ध्यानमा राखी पहिरो, बाढी र डुबानको जोखिम रहेको स्थानहरूमा सतर्कता अपनाउन आग्रह गरेको छ।

 

Facebook Notice for EU! You need to login to view and post FB Comments!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!