Listen LIVE

नेपालगञ्ज: सौरभ पाठक बर्दिया जिल्लाको बाँसगाडी नगरपालिका वडा नम्बर ८ मा जन्मिएका हुन्। उनको जन्म मिति २०६१ साल माघ ५ गते हो। उनी एक मध्यमवर्गीय परिवारका सदस्य हुन्। उनका परिवारमा कुल छ जना सदस्य छन्, जसमा हजुरबुवा, हजुरआमा, आमा, बुवा, सौरभ र उनका कान्छा भाइ छन। उनि बुबा सरोज पाठक र आमा बिन्दु पाठक को जेठो छोरा हुन्।

Advertisement 1

सौरभले आफ्नो प्रारम्भिक शिक्षा बाल ज्योति एकेडेमी, बाँसगढी नगरपालिका वडा नम्बर ८ ककौडाबाट पूरा गरेका थिए। कक्षा १० सम्मको अध्ययन पूरा गरेपछि उच्च शिक्षा हासिल गर्न उनी काठमाडौं गए। उनले प्लस टु अध्ययन काठमाडौंमै सम्पन्न गरे र हाल स्नातक (ब्याचलर) चौथो वर्षमा अध्ययनरत छन्।

Advertisement 2

सानैदेखि गीत-संगीतप्रति विशेष रुचि राख्ने सौरभ हाल गायक तथा मोडलका रूपमा नेपाली सांगीतिक क्षेत्रमा सक्रिय छन्। उनको मेहनत र लगनशीलताले छोटो समयमा नै उनी चर्चामा आउन सफल भएका छन्। पछिल्लो डेढ वर्षमा उनले ‘पार्सल’, ‘मौलाकाली मन्दिर घुमेर’, ‘बास्को चोयाले’ जस्ता लोकप्रिय गीतहरू बजारमा ल्याएका छन्, जसले दर्शक-श्रोताको मन जित्न सफल भएका छन्। उनको मन छुने आवाज र उत्कृष्ट अभिनयका कारण उनी नेपाली संगीतप्रेमीहरूका प्रिय कलाकार बन्दै गएका छन्

Advertisement 3

 

सौरभ भन्छन्, “मलाई र मेरो सिर्जनालाई माया गरिदिनुहोला। हजुरहरूको माया, समर्थन, र हौसलाले मलाई अझ अघि बढ्न प्रेरित गर्नेछ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!