Listen LIVE

नेपालगञ्ज : हिजो आईतबार राती नेपालगन्ज वडा नं ४ बसपार्क – बाईपास रोड गणेशपुर स्वास्थ्य चौकी नजिक दूईवटा बाइक एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

Advertisement 1

 

मृत्यू हुनेमा नेपालगन्ज – ६ डेरा गरी बस्ने २६ वर्षिय अमनकुमार कसौधन (गुप्ता) रहेका छन् भने नेपालगन्ज ११ बस्ने बर्ष १८ का रोसन शेष ( एहसान ) गम्भिर घाइते भएका छन । घाइतेको उपचार नेपालगन्ज स्थित रहेको भेरी अञ्चल अस्पतालमा उपचार सम्भब नभएपछि थप उपचारका लागी लखनऊ लगिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Advertisement 2

 

प्रहरीले दिएकाे जानकारी अनुसार बसपार्क बाईपासबाट गणेशपुर तर्फ जाँदै गएको चालक सदरलाईन बस्ने बर्ष २६ को अमनकुमार कसौधनले चलाएको भे ६ प ८०२ नं. को मो.सा. र बिपरित दिशाबाट आएको चालक बर्ष १८ को रोसन शेषले चलाएको ७१७१ नं. को मो.सा. एक आपसमा ठक्कर खाँदा दुबै मो.सा. चालक घाईते भई उपचारको लागि नर्सिङहोम नेपालगंजमा ल्याई डाक्टरले चेकजाँच गर्दा अमन कुमार कसौधनको राती १०:१० बजेको समयमा मृत घोषणा गरेको लास सोहि अस्पतालमा रहेको र रोसन शेषको मुख, आँखा र शरिरमा भित्री चोट अबस्था मध्यम, सामान्य उपचार पश्चात निजको आफन्तले थप उपचारको लागी भारतको लखनउ लिई गएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!