Listen LIVE

सन्देश भुसाल,नेपालगञ्ज, चैत २७ – बाँकेको नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुरसहित चार जना नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरेको आरोपमा पक्राउ परेका छन्।

Advertisement 1

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित केन्द्रीय कार्यालय र बुटवल सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिएको संयुक्त टोलीले बुधबार उनीहरूलाई नियन्त्रणमा लिएको हो। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार पक्राउ पर्नेहरूमा ठाकुरसँगै घरेलु तथा साना उद्योग कार्यालय, नेपालगञ्जका नायब सुब्बा मुकुन्दराज केसी, सोही कार्यालयका ज्यालादारी सहायक कम्प्युटर अपरेटर मनोज गिरी र मामा-भान्जा मोटर ड्राइभिङ सेन्टर, नेपालगञ्जका प्रोप्राइटर शरदकुमार गोराथोकी रहेका छन्।

Advertisement 2

 

आयोगका अनुसार उनीहरूले नक्कली चालक अनुमति पत्र वितरण गरी मासिक तीन करोड रुपैयाँभन्दा बढी रकम असुल गर्ने गरेको सूचनाका आधारमा छापा मारिएको थियो। अनुसन्धान टोलीले प्रयोगमा ल्याइएका विद्युतीय उपकरणहरू पनि बरामद गरेको जनाएको छ।

Advertisement 3

 

आयोगले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!