Listen LIVE

काठमाडौं, साउन ३ :नेपालले साफ यू–२० महिला च्याम्पियनसिपमा भुटानविरुद्ध ऐतिहासिक जित निकालेको छ। शनिबार बंगलादेशको ढाका स्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानलाई ८–० ले पराजित गर्दै प्रतियोगिताको उपाधि दौडमा बलियो उपस्थिती जनाएको हो।

Advertisement 1

 

यसअघि भुटानसँगको पहिलो खेलमा पनि नेपाल ६–१ ले विजयी भएको थियो। प्रतियोगिता डबल राउन्ड रोबिन फर्म्याटमा सञ्चालन भइरहेको छ, जसमा आयोजक बंगलादेशसहित नेपाल, श्रीलंका र भुटान सहभागी छन्।

Advertisement 2

 

नेपालले श्रीलंकासँग खेलिएका दुवै खेलमा ७–० को फराकिलो जित निकालेको थियो। बंगलादेशसँगको पहिलो खेलमा भने नेपाल ३–२ ले पराजित भएको थियो।

Advertisement 3

 

नेपालले हालसम्म ६ खेल खेलेको छ र १२ अंकसहित शीर्ष स्थानमा उभिएको छ। घरेलु टोली बंगलादेश ३ खेलमा ९ अंकसहित दोस्रो स्थानमा छ।

 

अब नेपालले सोमबार बंगलादेशसँग पुनः भिड्नेछ, जुन खेल उपाधिको हिसाबले निर्णायक हुनेछ। लिग चरणपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।

ताजा खेल अपडेट र समाचारका लागि  फलो गर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!