नेपालगञ्ज : नेपालगञ्जका खुद्रा व्यवसायीहरूको संयुक्त ज्ञापन पत्रलाई आत्मसात् गर्दै खुद्रा व्यवसायी संघ नेपालगञ्जले सोमबार व्यवसायिक छलफल सम्पन्न गरेको छ। छलफलमा कपडा, ब्याग, जुत्ता-चप्पल तथा खुद्रा व्यवसायीहरूले सहभागिता जनाएका थिए।
Advertisement 1
नेपालगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा आयोजित बैठकमा महिनाको पहिलो शनिबार नियमित रूपमा व्यवसाय बन्द गर्ने निर्णय गरिएको खुद्रा व्यवसायी संघका अध्यक्ष हिमनाथ पौडेलले जानकारी दिनुभयो।
Advertisement 2
अध्यक्ष पौडेलका अनुसार यही माघ महिनादेखि लागू हुने यस निर्णयले व्यवसायीहरूको माग र भावनालाई सम्बोधन गर्ने लक्ष्य राखिएको छ। “यहाँका व्यवसायीहरूले आफ्नो मागलाई लिखित रूपमा राखी सहमति जनाउँदै महिनाको पहिलो शनिबार व्यवसाय बन्द गर्ने सहमति गरेका छौँ,” उहाँले भन्नुभयो।
Advertisement 3
नेपालगञ्जका रेडिमेड तथा जुत्ता होलसेल व्यवसायीहरूले पहिल्यैदेखि हप्ताको एकदिन पसल बन्द गर्दै आएका थिए। त्यसलाई पछ्याउँदै खुट्टा व्यवसायी संघले पनि विश्रामका लागि महिनाको एकदिन बन्द गर्ने निर्णय गरेको हो। यसबारे जानकारी गराउन संघले सूचना प्रवाह सुरु गरिसकेको पौडेलले बताउनुभयो।
व्यवसाय राम्रो नभएको वर्तमान परिस्थितिमा हप्ताको एकदिन बन्द गर्न गाह्रो भए पनि महिनाको एकदिन विश्राम लिने निर्णयले परिवारसँग समय बिताउन मद्दत पुग्ने व्यवसायीहरूको विश्वास छ।
खर्बारिटोलका व्यवसायी हरिश बगोटाका अनुसार, ६ वर्षअघि पनि यस्तै नियम लागू गरिएको थियो। तर तीन वर्षपछि असफल भएपछि हाल यसलाई सुधार गरी पुनः लागू गर्ने तयारी गरिएको हो।
यो निर्णयले स्थानीय व्यवसायीहरू बीचको सहकार्यलाई प्रवर्द्धन गर्दै उनीहरूको विश्राम र कल्याणको आवश्यकता पूरा गर्ने अपेक्षा गरिएको छ।










प्रतिक्रिया