Listen LIVE

नेपालगञ्ज : बाँके प्रहरीले ध्वनि खबर डटकमका सम्पादक उदय सिंह श्रेष्ठलाई आपराधिक लाभ लिने कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, बाँकेले प्रेस विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो।

Advertisement 1

ध्वनि खबर डटकमका सम्पादक उदय सिंह श्रेष्ठ आपराधिक लाभको आरोपमा पक्राउ

विज्ञप्ति अनुसार, २०८२ वैशाख १५ गते दर्ता भएको आपराधिक लाभ सम्बन्धी जाहेरीमाथि अनुसन्धानका लागि नेपालगञ्ज उपमहानगरपालिका-१० निवासी ५० वर्षीय श्रेष्ठलाई पक्राउ गरिएको हो।

 

Advertisement 2

प्रहरीले पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ। विज्ञप्तिमा पक्राउ परेका श्रेष्ठको तस्बिर पनि सार्वजनिक गरिएको छ।

 

Advertisement 3

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक दीपक पातलद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाको थप विवरण भने दिइएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!