{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

नेपालगञ्ज : बाँके प्रहरीले ध्वनि खबर डटकमका सम्पादक उदय सिंह श्रेष्ठलाई आपराधिक लाभ लिने कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, बाँकेले प्रेस विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो।

ध्वनि खबर डटकमका सम्पादक उदय सिंह श्रेष्ठ आपराधिक लाभको आरोपमा पक्राउ

विज्ञप्ति अनुसार, २०८२ वैशाख १५ गते दर्ता भएको आपराधिक लाभ सम्बन्धी जाहेरीमाथि अनुसन्धानका लागि नेपालगञ्ज उपमहानगरपालिका-१० निवासी ५० वर्षीय श्रेष्ठलाई पक्राउ गरिएको हो।

 

प्रहरीले पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ। विज्ञप्तिमा पक्राउ परेका श्रेष्ठको तस्बिर पनि सार्वजनिक गरिएको छ।

 

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक दीपक पातलद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाको थप विवरण भने दिइएको छैन।

Leave a Reply

error: Content is protected !!