Listen LIVE

काठमाडौं – घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गर्दै नेपाली महिला यू-१९ टोली आगामी जनावरी-फेब्रुअरीमा मलेसियामा हुने आइसिसी यू-१९ विश्वकपमा छनोट भएको छ।

Advertisement 1

 

आइसिसी यू-१९ महिला टी–२० विश्वकपको एसिया छनोटअन्तर्गत नेपालले निर्णायक तथा अन्तिम खेलमा युएईलाई ८ विकेटले पराजित गरेसँगै रनरेटमा पनि सुधार गर्दै विश्वकपमा स्थान पक्का गरेको हो। चार टोलीबीच भएको छनोटमा नेपाल र युएईले समान ५-५ जित निकाल्दा १०-१० अंक जोडे। नेपालको रनरेट ३.९ रहदा युएईको ३.७ रह्यो।

Advertisement 2

 

दुवै टोलीले एक-एक खेलमा हार ब्यहोरे। युएईले पहिलो चरणको लिगमा नेपाललाई हराएको थियो। बुधबार नेपालले युएईलाई दोस्रो चरणको लिगमा पराजित गरेसँगै रनरेटमा अघि रहन सफल भयो।

Advertisement 3

 

निर्णायक तथा अन्तिम खेलमा युएई दिएको ८४ रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा १४.४ ओभरमै पूरा गर्‍यो। चाडै लक्ष्य पूरा गर्दा नेपालले रनरेट सुधार गर्न सफल भएको हो।

 

नेपालका लागि ओपनर सना प्रवीनले नटआउट ३५ रन र सोनी पाख्रिनले नटआउट १३ रन जोडे।

 

अर्की ओपनर सावित्री धामीले १२ रन जोड्दा कप्तान पूजा महतोले २१ रन बनाइन्। एलबिडब्लूको धरापमा पर्नुअघि पूजाले १८ बलमा ४ चौका प्रहार गरिन्।

 

त्यसअघि अजमानस्थित द सेभेन्स रंगशालामा टस जितेर ब्याटिङ गरेको घरेलु टोली युएईले २० ओभरमा ९ विकेटको क्षतिमा ८३ रन मात्र जोड्न सक्यो।

 

खेलमा युएईका लागि समइरा धर्नीधर्काले सबैभन्दा बढी ३१ रन जोडिन्। उनले ४८ बलमा १ चौका प्रहार गरिन्।

 

बलिङमा नेपालकी कृष्मा गुरुङले चार विकेट लिइन्। उनले १८औं ओभरमा तीन विकेट लिँदा नेपालले खेल नियन्त्रणमा लिएको थियो। कृष्माले चार ओभर बलिङ गर्दा १७ रन दिइन्। यस्तै नेपालका लागि रिया शर्मा र सीमा केसीले दुई दुई विकेट लिए।

 

सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपमा छनोट हुने प्रावधानमा नेपाल सफल भएको हो।

 

कात्तिक २१ गतेदेखि भएको एसिया छनोटमा नेपालले यसअघि पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। दोस्रोमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो।

 

तेस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग खेलेको थियो। उक्त खेलमा नेपाल युएईसँग १३ रनले पराजित भएको थियो। आइतबार भएको चौँथो खेलमा नेपालले थाइल्याण्डलाई एक सय छ रन र मंगलबार भएको पाँचौँ खेलमा कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।

 

छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी थिए।

 

अब नेपालले आगामी जनावरी-फेब्रुअरीमा मलेसियामा हुने विश्वकपमा समूह ‘डी’ मा प्रतिस्पर्धा गर्नेछ। समूहमा नेपालसँगै अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन्।

 

सन् २०२३ देखि सुरु भएको यू-१९ विश्वकपको यो दोस्रो संस्करण हो। अघिल्लो संस्करण छनोट नभएको नेपाली महिला युवा टोलीको लागि यो पहिलो विश्वकप हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!