नेपालगञ्ज पोष्ट : नेपालका प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघीय भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो सम्मेलनमा सहभागी हुन दुबई हुँदै तुर्कमेनिस्तानतर्फ प्रस्थान गरेका छन्।
Advertisement 1
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल गएराति नेपाली समयअनुसार ११ः५५ बजे दुबईका लागि उडेको थियो। टोली दुबई स्थानीय समय अनुसार बिहान ३ बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। विमानस्थलमा युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री तथा अन्य अधिकारीहरूले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका थिए।
Advertisement 2
प्रधानमन्त्री ओली यही साउन २० देखि २३ गतेसम्म (अगस्ट ५–८) तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने सम्मेलनमा सहभागी हुँदैछन्। उक्त सम्मेलन तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा आयोजित हो।
Advertisement 3
एलएलडिसी सम्मेलनमा भूपरिवेष्टित विकासशील राष्ट्रहरूको समावेशी विकास, व्यापार, पूर्वाधार, पारवहन सुविधा तथा अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी मुद्दाहरूमा छलफल हुने बताइएको छ।










प्रतिक्रिया