Listen LIVE

नेपालगन्ज, माघ २९ :नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ ले आयोजना गर्न लागेको वडा स्तरीय टेनिस क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको वडा अध्यक्ष सराफत हुसेन शेषले जानकारी दिएका छन्।

Advertisement 1

मंगलवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष शेषले प्रतियोगिता फागुन १ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने जानकारी गराए। प्रतियोगितामा विजेता टिमले रु १ लाख नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टिमलाई रु ५० हजार प्रदान गरिनेछ।

Advertisement 2

 

व्यक्तिगत प्रदर्शनलाई प्रोत्साहन गर्न विभिन्न आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगितामा उत्कृष्ट खेलाडी (म्यान अफ द सिरिज) ले एक थान एलईडी टिभी प्राप्त गर्नेछ भने उत्कृष्ट बलरलाई एक थान दराज र उत्कृष्ट ब्याट्सम्यानलाई एक थान साइकल प्रदान गरिनेछ।

Advertisement 3

 

वडा अध्यक्ष शेषले खेलकुद स्वास्थ्यका लागि मात्र नभई देशको पहिचानका लागि पनि महत्वपूर्ण रहेको बताए। उनले नेपालगन्जमा एक सुविधा सम्पन्न स्टेडियमको आवश्यकता रहेको औंल्याउँदै खेल मैदानको अभावका कारण खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्न नसकेको उल्लेख गरे।

 

प्रतियोगिताले युवा खेलाडीलाई प्रोत्साहन गर्ने र नेपालगन्जको खेलकुद क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!