Listen LIVE

काठमाडौँ : मुम्बईबाट न्यूयोर्कका लागि उडेको एयर इन्डियाको विमानमा बम रहेको चेतावनीपछि नयाँ दिल्लीमा अवतरण गराइएको छ ।

२३९ यात्रु रहेको विमानमा बम रहेको थ्रेटपछि दिल्लीमा डाइभर्ट गरिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । दिल्ली एयरपोर्टमा अवतरण गरेर तलासी लिँदा विमानमा केही नभेटिएको बताइएको छ ।

Advertisement 1

सबै यात्रु सकुशल रहेको र थप अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।यस विषयमा दिल्ली पुलिसले एक बयान पनि जारी गर्दै विमान हाल दिल्ली विमानस्थलमा रहेको, यात्रु र चालक दलको सुरक्षा सुनिश्चित गर्न सबै मानक सुरक्षा प्रोटोकलहरू पछ्याइएको जानकारी दिएको छ ।

यसअघि अगस्टमा मुम्बईबाट आएको एयर इन्डियाको विमानमा बमको धम्की आएको थियो । विमानको शौचालयमा टिस्यु पेपरमा ‘उडानमा बम छ’ लेखिएको सन्देश भेटिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!