Listen LIVE

नेपालगन्ज, बाँके : नेपालगन्जस्थित सञ्जीवनी अस्पतालमा उपचारका क्रममा ३४ हप्ते गर्भवती महिला र गर्भस्थ शिशुको मृत्यु भएको घटनालाई लिएर परिवारजनले अस्पतालको गम्भीर लापरवाही भएको आरोप लगाएका छन्।

Advertisement 1

 

परिवारका अनुसार ४२ वर्षीया ती महिला सामान्य रक्तचाप (बीपी) जाँच गराउन अस्पताल पुगेकी थिइन्। जाँचका क्रममा बीपी बढी देखिएको भन्दै चिकित्सकले भर्ना गर्न सुझाव दिएपछि उनलाई अस्पतालमै भर्ना गरिएको थियो। करिब तीन दिनसम्म अस्पतालमा राख्दा महिलाको अवस्था सामान्य रहेको र उनी आफैं हिँडडुल गर्न सक्ने अवस्थामा रहेको परिवारजनको भनाइ छ।

Advertisement 2

 

तर तेस्रो दिन गर्भस्थ शिशुको धड्कन जाँच गर्ने क्रममा अचानक महिलाको अवस्था गम्भीर बनेको र केही समयमै आमा तथा गर्भस्थ शिशुको मृत्यु भएको परिवारको आरोप छ। समयमै आवश्यक उपचार नदिइएको र चिकित्सकीय लापरवाहीकै कारण यो दुखद घटना भएको उनीहरूको दाबी छ।

Advertisement 3

 

घटनापछि आक्रोशित परिवारजन तथा स्थानीयवासीले अस्पताल परिसरमा विरोध प्रदर्शन गर्दै पीडितलाई न्याय दिनुपर्ने माग गरेका छन्। उनीहरूले यस घटनाको निष्पक्ष छानबिन गरी जिम्मेवार चिकित्सक तथा अस्पताल प्रशासनमाथि आवश्यक कारबाही गर्न माग गरेका छन्।

 

पीडित परिवारले भने, “हामी न्याय चाहन्छौं। अस्पतालको लापरवाहीका कारण हाम्रो परिवारको सदस्य गुमाउनुपर्‍यो। यस्तो घटना अरू कसैसँग नदोहोरियोस्।”

 

यस घटनासम्बन्धी अस्पताल प्रशासनको आधिकारिक धारणा भने हालसम्म सार्वजनिक भएको छैन। स्थानीयवासीले सम्बन्धित निकायबाट तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!