Listen LIVE

नेपालगञ्ज : डब्लुडब्लुजे बाँकेले आफ्नो १८औं वार्षिकोत्सव शनिबार नेपालगन्जमा विशेष कार्यक्रमका बीच सम्पन्न गर्दै पत्रकार महिलाको पेसागत हकहित र क्षमता वृद्धिलाई लक्षित १० बुँदे घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा मिडिया हाउसलाई लैंगिकमैत्री नीतिगत दिशानिर्देश जारी गर्न दबाब दिने, पत्रकार महिलाको नेतृत्व बढाउन पहल गर्ने, यौनजन्य हिंसा र कार्यस्थलमा हुने दुर्व्यवहारबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने लगायतका प्रावधान समावेश गरिएको छ।

Advertisement 1

डिजिटल सुरक्षा तालिम, अनलाइन दुर्व्यवहार नियन्त्रण प्रणाली, तथ्य जाँच, खोज पत्रकारिता तालिम तथा फेलोसिप उपलब्ध गराउने विषय पनि समेटिएको छ। बाँकेका पत्रकार महिलाको अवस्था, चुनौती र अवसरबारे अध्ययन तथा अनुसन्धान गर्ने प्रतिबद्धतासमेत गरिएको छ।

Advertisement 2

कार्यक्रममा एपीवान टेलिभिजनको ‘एक्टिङ स्टार’ विजेता नविना रानाभाटलाई संस्थाको केन्द्रीय तथा प्रदेश नेतृत्वले संयुक्त रूपमा सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्‍यो। दैनिक नेपालगन्ज पत्रिकाकी युवा पत्रकार सन्ध्या गैरेलाई ‘उदाउँदो पत्रकारिता पुरस्कार’ प्रदान गरियो भने संस्थापक अध्यक्ष अक्षरी पोखरेललाई ‘अग्रज पत्रकारिता सम्मान’ दिइयो।

Advertisement 3

 

महिलामैत्री सामग्री र अग्रणी महिलाका कथाहरू समेटिएको ‘हाम्रो आवाज’ स्मारिकाको तेस्रो अंक समेत विमोचन गरियो। उद्घाटन समारोहमा केन्द्रीय अध्यक्ष रामकला खड्काले पत्रकार महिलाको संख्यात्मक तथा गुणात्मक विकास संस्थाको प्राथमिकता रहेको बताइन्। लुम्बिनी प्रदेश अध्यक्ष लीला शाहले आर्थिक र सामाजिक बाधाका कारण महिलालाई पत्रकारितामा टिकिरहन चुनौती भएको भन्दै तीनै तहका सरकारलाई क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्न आग्रह गरिन्।

समारोहमा स्थानीय निकाय, पत्रकार महासंघ, सञ्चारिका समूह तथा सम्पादकहरूका प्रतिनिधिहरूले संस्थाको प्रगतिमा शुभकामना व्यक्त गरेका थिए। अन्त्यमा केक काटेर १८औं वार्षिकोत्सव उत्साहपूर्वक मनाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!