Listen LIVE

बाँके, खजुरा : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्न माओवादी केन्द्र क्रियाशील रहेको बताउनुभएको छ।

Advertisement 1

 

बिहीबार बाँकेको खजुरा २ स्थित जनता नमुना उच्च माध्यमिक विद्यालयको प्रांगणमा निर्माण गरिएको सहिद बाटिकाको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले हजारौंको बलिदानबाट प्राप्त उपलब्धिलाई समाप्त गर्ने षड्यन्त्र भइरहेको दाबी गर्नुभयो। त्यसको प्रतिरोधका लागि जनता फेरि जागरूक हुनुपर्ने बेला आएको उहाँले बताउनुभयो।

Advertisement 2

 

उहाँले माओवादीको नेतृत्वमा रहेको सरकारले चलाएको भ्रष्टाचारविरोधी अभियानबाट डराएर अप्राकृतिक गठबन्धन बनाइएको आरोप लगाउनुभयो। उहाँले सहिदको बलिदानको सम्मान गर्दै प्राप्त उपलब्धिहरूलाई जोगाउन सबै एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याउनुभयो।

Advertisement 3

सहिद बाटिकामा जनयुद्धका सहिद डम्बर रानाभाट, प्रतिमा गौतम, र बिपिन अधिकारीको सालिकको अनावरण गर्दै अध्यक्ष प्रचण्डले माल्यार्पण गर्नुभयो। सो अवसरमा उहाँले सहिद परिवारसँग भेटघाट गरी उनीहरूको अवस्था बारे जानकारी लिनुका साथै पीडा साझेदारी गर्नुभयो।

यसअघि, अध्यक्ष प्रचण्डले खजुरा ३ धवलागिरी गाउँमा सहिद डम्बर रानाभाटको घरमा पुगेर यस क्षेत्रका सहिद परिवारसँग भेट गर्नुभएको थियो। उहाँले सहिद परिवारसँगै दिउँसोको खाना खाँदै सहिद कहिल्यै नमर्ने बताउनुभयो। सहिद परिवारको दुःख पीडामा साथ दिन माओवादी केन्द्र सधैं प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।

 

उहाँले सहिदका बलिदानको सम्झना गर्दै सहिद परिवारप्रतिको पार्टीको ऐक्यबद्धता व्यक्त गर्नुभयो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!