कैलाली: कैलाली जिल्लाको मोहन्याल गाउँपालिका-७ कुइनेमा छाउगोठमा सुतिरहेकी एक महिलामाथि बाघले आक्रमण गरेको छ।
आइतबार राति ४५ वर्षीया सरस्वती बिटालुलाई बाघले घरनजिकै रहेको छाउगोठमा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले नेपालगञ्ज पोष्ट लाई जानकारी दिएका छन्।
प्रहरीका अनुसार घटना भए पनि सरस्वती बिटालुको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
नेपालगञ्ज पोस्ट
ताजा समाचार,सत्य तथ्य।










