पोखरा : पोखराको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल सराङकोट धाममा निर्माण गरिएको ५१ फिट अग्लो पञ्चमुखी गणेश मूर्ति तथा देवालयको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन्।
Advertisement 1


Advertisement 2
सूर्योदयसँगै अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायतका हिमशृंखला, पोखरा बजार र फेवातालको मनमोहक दृश्यावलोकनका लागि प्रख्यात सराङकोटलाई थप धार्मिक तथा पर्यटकीय आकर्षणका रूपमा विकास गर्न गणेश मूर्ति तथा देवालय निर्माण गरिएको हो।


Advertisement 3
हालसम्म प्राचीन शिव मन्दिरसँगै विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिंग, भ्यू टावर, भूमे कालिका मन्दिर लगायतका संरचनाहरू निर्माण भइसकेका छन्। यी संरचनाहरू बनाउन हालसम्म ३५ करोड रुपैयाँ खर्च भइसकेको छ।


समुद्र सतहदेखि करिब १,६०० मिटर उचाइमा अवस्थित सराङकोटलाई विशेष धार्मिक एवं पर्यटन केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित पुरानो शिव मन्दिरलाई नयाँ स्वरूपमा पुनर्निर्माण गरिनुका साथै पञ्चमुखी गणेशको मूर्ति स्थापना गरिएको हो। साथै, थप धार्मिक तथा पर्यटकीय संरचनाहरू निर्माण गर्न सराङकोटमा महायज्ञ समेत सञ्चालन भइरहेको छ।



सराङकोट धार्मिक पर्यटनको केन्द्र बन्दै गएको यस योजनाले पोखराको पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।










प्रतिक्रिया