दाङ : दाङको देउखुरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका- २ लालमटिया कटेशनाला नजिक पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको बा ४ ख २२६१ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ८ प ४१४६ नम्बरको मोटरसाइकललाई सोमबार बेलुका साढे ६ बजेतिर ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकल चालक राप्ती गाउँपालिका-३ बसन्तपुर निवासी १८ वर्षीय सोनु गुरूङको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ। ठक्करबाट गम्भिर घाइते भएका गुरुङको गएराती नै मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । Post navigation धरानमा १२३ केजी गाजासहित टेम्पु चालक पक्राउ बैंक लुटपाटमा संलग्न भइ फरार भारतीय नागरिक घाइते अवस्थामा प*क्राउ