नेपालगन्ज : तराईमा केही दिनदेखि दिनभर हुस्सु लाग्ने गरेकोमा हिजोदेखि सुधार हुन थालेको छ । बिहानपख हुस्सु लागे पनि दिउँसो हटेर जान थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
Advertisement 1
महाशाखाका अनुसार तराईका विभिन्न ठाउँमा आज पनि बिहानको समयमा हुस्सु लागेको छ । तर दिउँसोपख हुस्सु हट्ने महाशाखाले जनाएको छ ।

Advertisement 2
यसैबीच भोलिदेखि मौसम बदली हुने भएको छ । पश्चिमी वायुको प्रभावले भोलि र पर्सि उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । पानी पर्ने सम्भावना भने कम रहेको, तर कतैकतै छिटपुट वर्षा हुन सक्ने मौसमविद गोविन्द झाले जानकारी दिनुभयो ।
Advertisement 3

मौसमविद झाका अनुसार पश्चिमी वायुको प्रभाव पश्चिमी पहाडी क्षेत्रमा बढी पर्ने सम्भावना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%










प्रतिक्रिया